नेपाली टोली आज कतार प्रस्थान गर्दै, साफ च्याम्पियनसिपको लागि उतैबाट माल्दिभ्स जाने

काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोली आज (शुक्रवार) कतार प्रस्थान गर्दैछ।

दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को अन्तिम तयारी नेपालले कतारमा गर्ने पक्का भएसँगै नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्न लागेको हो। कतारमा नेपालले १५ दिनको अभ्यास गर्ने तालिका रहेको छ।

May be an image of 11 people and people standing

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीवार एक कार्यक्रम आयोजना गर्दै नेपाली टोलीलाई विदाई गरेको थियो। एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा तथा उपाध्यक्ष्य शिक्षित पराजुलीसँगै युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपानेले राष्ट्रिय टोलीलाई विदाई गरेका थिए।

१५ दिने कतार बसाई पछि नेपाली टोलीले त्यतैबाट साफ च्याम्पियनसिपको लागि माल्दिभ्स प्रस्थान गर्ने तालिका रहेको छ। नेपालको १५ दिने कतार बसाईमा केहि मैत्रीपूर्ण खेल समेत खेल्ने योजना रहेको छ।

Maldives to host SAFF Championship 2021 in October

सो खेलको तालिका तथा समय मिलाउन भनेर नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी गत सोमबार नै कतार प्रस्थान गरिसकेका छन्। नेपाली टोलीले साफको अन्तिम तयारी कतारमा गर्नेछ।

साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा नेपालले आयोजक राष्ट्र माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?