नेपाल र पीएनजीबीचको दोस्रो खेल आज, नेपाललाई शानदार जितको आवश्यकता

काठमाडौं। ओमान भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शुक्रवार) पपुवा न्युगिनी (पीएनजी)विरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ।

ओमानको राजधानी मस्कटस्थित अल अमेरट क्रिकेट मैदानमा आजको खेल नेपाली समय अनुसार अपरान्ह ४:१५ बजे सुरु हुने तालिका रहेको छ। आजको खेल ‘डे-नाइट’ हुने भएसँगै नेपालले पहिलो पटक अन्तराष्ट्रिय एकदिवसीय फर्म्याटमा ‘डे-नाइट’ खेल खेल्नेछ।

Al Amerat Cricket Stadium - Wikipedia

आईसीसी विश्वकप क्रिकेट लिग-२ खेल्न ओमान प्रस्थान गरेको नेपालले अभ्यास स्वरूप पीएनजीविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको हो। यसअघि खेलिएको पहिलो मैत्रीपूर्ण खेलमा नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको थियो।

मंगलवार खेलिएको पहिलो एकदिवसीय खेलमा नेपालले पीएनजीलाई मात्र ३३ ओभरमा १३४ रनमा अलआउट गरेको थियो। सो खेलमा नेपालका लागि स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिएका थिए।

May be an image of 1 person and standing

तर जवाफी ब्याटिङमा नेपालले राम्रो प्रदर्शन भने गर्न सकेको थिएन। नेपालका लागि मिडल अर्डर ब्याट्सम्यान रोहित पौडेलले सर्वाधिक ४१ रन बनाउँदा ओपनर आशिफ शेखले ३० रनको योगदान दिएका थिए।

कप्तान ज्ञानेन्द्र मल्ल तथा भेट्रान ब्याट्सम्यान शरद भेसवाकर सस्तोमै पविलियन फर्कँदा नेपालले पीएनजीमाथि संघर्षपूर्ण जित निकालेको थियो। नेपालका लागि तिब्र गतिका बलर सोमपाल कामीले अविजित २२ रन बनाउँदा नेपालले खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो।

May be an image of one or more people, people playing sport and people standing

नेपालले विश्वकप क्रिकेट लिग २ अन्तर्गत दुई बलिया टोली ओमान र संयुक्त राज्य अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको कारणले नेपाली टोलीको ब्याटिङमा निकै सुधार आउनु पर्ने देखिन्छ। उता पीएनजीविरुद्ध बिहीवार भएको खेलमा अमेरिकाले २७१ रन बनाएको थियो।

अमेरिकाका लागि विकेट किपर जसकरन मलहोत्राले अविजित १७३ रन बनाएका थिए। सो क्रममा उनले लगातार ६ बलमा ६ छक्का समेत प्रहार गरेका थिए। उनले हिजोको इनिङमा दक्षिण अफ्रिकी ब्याट्सम्यान हरसल गिब्सको कीर्तिमान समेत बराबरी गरेका थिए।

USA Batsman Jaskaran Malhotra Becomes 2nd Batsman To Hit 6 Sixes In An Over In ODIs

सन् २००७ विश्वकपमा गिब्सले अन्तराष्ट्रिय एकदिवसीय खेलको ६ बलमा ६ छक्का प्रहार गरेका थिए। टी-ट्वान्टी फर्म्याटमा यो कीर्तिमान धेरै खेलाडीले बराबरी गरेपनि एकदिवसीय खेलमा भने जसकरन गिब्स पछि पहिलो खेलाडी भएका छन्।

अमरीकाले पीएनजीविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा उसले दुवै खेलमा माथिल्लो स्तरको प्रदर्शन गर्यो। पहिलो खेलमा ७ विकेटले विजयी भएको अमेरिकाले दोस्रो खेलमा १३४ रनको विशाल जित दर्ता गरेको थियो।

May be an image of 4 people, people playing sport, people standing, outdoors and text

त्यसैले आफ्नो मनोबल बढाउनको लागि मात्र भएपनि पीएनजीविरुद्धको दोस्रो खेलमा नेपाललाई जित मात्र होइन, शानदार जितको आवश्यकता रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?