सामान बरामद

विराटनगर, २३ असोज ।इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले सीमावर्ती विभिन्न स्थानबाट भन्सार छली नेपाल भित्र्याउन लागेका करिब रु दुई लाख मूल्यबराबरको सामान बरामदगरेको छ ।कार्यालयले दिएको जानकारीअनुसार सीमावर्ती भारतीय बजार जोगवनीबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको खाद्यान्न, सुपारी र पाँच थान साइकलसमेत गरी अन्दाजी रु एक लाख ७१ हजार बराबरको सामान आइतबार राति बरामद गरेको जनाएको छ ।बरामद सामानसहित प्रहरीले विराटनगर–१७ बस्ने एक महिलालाई समेत नियन्त्रणमा लिएको छ ।सामान आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय रानीमा बुझाइएको छ ।यसैगरी जिल्ला प्रहरी कार्यालय मोरङबाट सादा पोशाकमा खटिगएको प्रहरीको टोलीले आज बिहान मोरङको धनपालथान गाउँपालिका–३ बाट अन्दाजी करिब चार हजार मूल्य बराबरको विभिन्न किसिमका भारतीय पटका बरामद गरेको छ ।बरामद पटका जिप्रका मोरङमा राखी आवश्यक अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?