एमालेले बोलायो स्थायी कमिटी बैठक

लोकपथ
140
Shares

काठमाडौं । नेकपा एमालेले शुक्रबारका लागि स्थायी कमिटी बैठक बोलाएको छ।

कार्यलय सचिव शेरबहादुर तमाङका अनुसार बैठकमा विधान महाधिवेशनमा पेस गरिने राजनीतिक तथा विधान संशोधन प्रस्तावमाथि छलफल गरिनेछ।

६–७ असोजका लागि निर्धारित विधान महाधिवेशनमा पेस गरिने राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा तयार गरिदैँछ। एमालेले मंसिर १० देखि १२ का लागि महाधिवेशनको तिथि पनि तय गरेको छ।

स्थायी कमिटी बैठकको निर्णय २७ भदौमा बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि राजनीतिक प्रतिवेदनलगायत निर्णयको अन्तिम खाका बन्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?