नेपाललाई २ गोलको अग्रता

लोकपथ
777
Shares

काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा नेपाली महिला टोलीले २–० को अग्रता लिएको छ ।

एसियन कप छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग दुई खेलको मैत्रीपूर्ण श्रृंखला खेलिरहेको हो । पहिलो हाफको खेल चलिरहँदा नेपालले २–० को अग्रता लिएको हो ।

खेल दशरथ रंगशालामा जारी छ । आजको खेलमा मुख्य प्रशिक्षक ग्यारीले सविता राना मगर र प्रीति राईलाई प्लेइङ सेट डेब्यु गराएका हुन् ।

मिडफिल्डरद्वय मगर र राईले पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्न लागेका हुन् । बंगलादेश विरुद्ध प्रीतिले अट्याक लाइन समाल्दा सविताले मिड लाइनको जिम्मेवारी पाएकी छन् । घरेलु लिगमा प्रीतिले एपीएफ क्लबबाट खेल्छिन् भने सविताले चन्द्रपुर नगरपालिकाबाट खेलेकी थिइन् ।

भारतमा आयोजना हुने एएफसी महिला एसिया कप–२०२२ छनोटको तयारीस्वरुप नेपाल र बंगलादेश महिला फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेलेको हो । दोस्रो खेल आइतबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?