कांग्रेस महाधिवेशन : श्रेष्ठले सुन्दरीजलबाटै गरे काठमाडौंकाे सभापतिमा उठ्ने घोषणा

लोकपथ
665
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता राजु श्रेष्ठले काठमाडौं कांग्रेसको जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

कांग्रेस संस्थापक नेता वीपी कोइरालाको स्मृति दिवसका अवसर पारेर सुन्दरीजल पुगेर श्रेष्ठले सभापतिमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि आजै सुन्दरीजल पुगेर केन्द्रीय महामन्त्रीमा उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

काठमाडौं कांग्रेसको सभापतिमा उम्मेदवारी दिने श्रेष्ठ कांग्रेसमा इमान्दार नेतामा पर्छन् । उम्मेदवारी घोषणा गर्दै उनले आफू काठमाडौ। कांग्रेसको सभापतिमा विजयी भए काठमाडौं कांग्रेसलाई अझ बलियो बनाउँदै लैजाने बताए । श्रेष्ठले काठमाडौंका १० वटै क्षेत्रका पार्टी संगठनलाई सुदृढ बनाउँदै कार्यकर्ताको मूल्यांकनको परिपाटी बसाउने बताए ।

उनले सो कार्यक्रममा राजनीतिमा पेशा नभइ सेवा भएको बताए । सेवामूखी राजनीतिलाई स्थापित गर्न आफ्नो उम्मेदवारी हुने बताए ।

जिल्ला सभापतिमा उममेदवारी दिएपनि कुन प्यानलबाट भन्ने श्रेष्ठले खुलाएका छैनन् । कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।

संस्थापन पक्षबाट अहिलेका पार्टी सभापति एवं प्रधानमन्त्री शेर बहादुर देउवाले पार्टी सभापतिमा पुनः दोहोरिन चाहेका छन् भने संस्थापन इतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापतिमा उम्मेदवारको टुंगो लगाउन सकेको छैन । महाधिवेशनमा देउवा र पौडेल प्यानलबीच नै प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?