काठमाडौँ । नेपाल र बंगलादेशबीच जारी महिला टोलीको मैत्रीपूर्ण फुटबलमा नेपालले अग्रता लिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको १४ औं मिनेटमा डेब्यु खेलाडी सविता रानाको गोलले नेपालले अग्रता लिएको हो । योसँगै नेपालले १–० को अग्रता बनाएको छ ।
आजको खेलमा मुख्य प्रशिक्षक ग्यारीले सविता राना मगर र प्रीति राईलाई प्लेइङ सेट डेब्यु गराएका हुन् ।
मिडफिल्डरद्वय मगर र राईले पहिलो पटक राष्ट्रिय टोलीबाट खेल्न लागेका हुन् । बंगलादेश विरुद्ध प्रीतिले अट्याक लाइन समाल्दा सविताले मिड लाइनको जिम्मेवारी पाएकी छन् ।
घरेलु लिगमा प्रीतिले एपीएफ क्लबबाट खेल्छिन् भने सविताले चन्द्रपुर नगरपालिकाबाट खेलेकी थिइन् ।
भारतमा आयोजना हुने एएफसी महिला एसिया कप–२०२२ छनोटको तयारीस्वरुप नेपाल र बंगलादेश महिला फुटबल टोलीले आज पहिलो मैत्रीपूर्ण खेलेको हो । दोस्रो खेल आइतबार हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया