सत्तारुढ गठबन्धनको बैठक : छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने संकेत

लोकपथ
13
Shares
file photo

काठमाडौं । केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले शीर्ष नेताहरुबीच छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे समझदारी भएको हो ।

एक दुई दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने बैठकमा उपस्थित एक नेताले जानकारी दिए । ती नेताका अनुसार बैठकमा एमसीसीको बारेमा समेत छलफल भएको छ ।

गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका शेरबहादुर देउवाले दुई महिना बित्न लाग्दा समेत मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

बिहीबार (आज) बालुवाटारमा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसहित गृहमन्त्री बालकृष्ण खाँड, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेसकी प्रमुख सचेतक पुष्पा भुसाल र महान्यायाधीवक्ता खम्मबहादुर खाती लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?