काठमाडाैं । ‘पियारी’सँगै जाेसेफ शाहीकाे अर्काे सफलता मिलेकाे छ । उनकाे शब्द र संगीत रहेकाे र भ्वाइस अफ नेपालका उत्कृष्ट प्रतिस्पर्धी आर्यन तामाङ र तारा श्रीस मगरकाे स्वर रहेकाे पहिलो गीत ‘मायाको चौघेरो’ युट्युब म्युजिक ट्रेन्डिङमा परेको हाे ।
गत शुक्रबार ‘जोसेफ शाही अफिसियल’ नयाँ युट्युब च्यानलमा सार्वजनिक गरिएको गीत ६ दिनमै युट्युब ट्रेन्डिङमा परेको हो ।
धेरै गीतले आफैँ बुस्ट गरेर चर्चा बटुल्ने गरे यो गीतलाई सामान्य प्रमोसनबाहेक केही गरिएको उक्त गीतका गीतकार तथा संगीतकार जोसेफ शाही ठकुरीले बताए । लोक शैलीको यो गीत दर्शक र श्रोतामाझ लोकप्रिय बन्दै गएको छ ।
गीतमा विषम आचार्यको संगीत संयोजन रहेको छ । ए वन म्युजिसियन स्टुडियोमा रेकर्ड गरियो यो गीतको ध्वनि सम्पादन किशोर थापाले गरेका हुन् ।
गीतको भिडियोमा मोडल सरोज राना प्रजा र बिना राउतको नृत्यसहितको अभिनय हेर्न सकिन्छ ।
बिनालाई एकोहोरो पछ्याइरहेका सरोजले अन्त्यमा आफ्नो मायाको चौघेरोमा पार्न सफल भएको कहानी गीतको भिडियोमा समेटिएको छ । गीतको नृत्य निर्देशन समेत सरोजले नै गरेका हुन् ।
भिडियोमा भक्तपुर दरबार स्क्वाएरका विभिन्न झलकहरू देख्न सकिन्छ । बसन्त कुँवरको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको गीतको भिडियो निर्देशन गौरव गिरीले गरेका हुन् ।
भिडियाे हेर्नुहाेस् :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया