फातिमासँगको भेटघाटमा के भने ओलीले ?

लोकपथ
598
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारबीच भेटघाट भएको छ ।

बिहीबार बिहान काठमाडौं आइपुगेकी फातिमा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेकी थिइन् । भेटघाटका क्रममा अध्यक्ष ओलीले एमसीसीबारे सरकार पक्षको स्पष्ट धारणा आउनुपर्ने बताएका छन् ।

भेटघाटको क्रममा ओलीले आफू सरकारमा छँदा एमसीसी अनुमोदन गर्नका लागि इमान्दार प्रयास गरेको बताउँदै तत्कालिन सभामुखको सहयोग नहुँदा एमसीसी पास हुन नसकेको बताएको एमाले विदेश विभागप्रमुख डा. राजन भट्टराई बताए ।

ओलीको भनाई उद्रृत गर्दै डा. भट्टराई भने—‘विगतमा हामी सरकारमा छँदा एमसीसी अनुमोदन गर्न इमान्दार प्रयास गरेकै हौँ । तत्कालिन संसदमा पेश नगरिदिँदा अघि बढ्न सकेन । अहिले हामी प्रतिपक्षमा छौँ । यसमा प्रतिपक्षीको प्रत्यक्ष भूमिका हुँदैन । सरकारले के कसरी अगाडी बढाउछ ।’

नेपालमा एमसीसी आयोजनाको प्रगतीबारे जानकारी लिन चारदिने भ्रमणमा रहेकी फातिमले पहिलोपटक ओलीसँग भेटेका हुन् । त्यस्तै शुक्रबार फातिमाले प्रधानमन्त्री अर्थमन्त्रीसहित उच्च अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?