भारतीय क्रिकेट लेजेन्ड सौरभ गांगुलीको बायोपिक बन्ने

लोकपथ
154
Shares

काठमाडौं । भारतीय क्रिकेट लेजेन्ड महेन्द्र सिहं धोनी र कपिल देव पछि क्रिकेटर सौरभ गांगुलीको पनि बायोपिक बन्ने भएको छ ।

फिल्मको अफिसियल अनाउन्समेन्टसमेत भएको छ । बायोपिकको निर्माण लव रन्जन र अंकुर गर्गले गर्ने भएका छन् ।

फिल्मको अनाउन्समेन्ट गर्दै लव फिल्मस इन्टरटेन्मेन्टले आफ्नो इन्स्टाग्राममा लेखेको छ “दादा सौरभ गांगुलीको बायोपिकको अनाउन्समेन्ट गर्न पाँउदा निकै खुशी लागेको छ”

View this post on Instagram

A post shared by Luv Films (@luv_films)

सौरभ गांगुली ‘दादा’ नामले परिचित छन् । उनी ९० को दशकमा भारतमा चर्चित क्रिकेटर थिए । अहिले उनी भारतीय क्रिकेट कन्ट्रोल बोर्डको अध्यक्ष रहेका छन् ।

सौरभले धेरै अन्तर्राष्ट्रिय रेकड बनाएकाले उनलाई अन्तर्राष्ट्रिय रेकड होल्डर भनेर पनि चिनिने गरेको छ ।

आफ्नो बायोपिक बन्ने भएपछि सौरभले एक ट्वीट गरेका छन् । ट्वीटमा उनले क्रिकेट न आफ्नो जीन्दगी भएको र बायोपिक हेर्न उनी उत्सुक रहेको बताएका छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?