एमसीसी उपाध्यक्ष सुमार ओलीलाई भेट्न बालकोट पुगिन्

लोकपथ
91
Shares

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले औपचारिक रुपमा भेटघाट सुरु गरेकी छन् ।

उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी छन् । उनीसँगै एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि सहभागी छन्।

छलफलमा एमालेका स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराईलगायत सहभागी छन् । आज बिहानै उपाध्यक्ष सुमार काठमाडौं आइपुगेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?