ट्वीटरले सार्वजनिक गर्‍यो कम्युनिटिज फिचर

लोकपथ
156
Shares

काठमाडौं । ट्वीटरले ग्रुपहरुलाई लक्षित गर्दै कम्युनिटिज फिचर सार्वजनिक गरेको छ । यो ट्वीटरको निश्चित ग्रुपहरुका लागि समर्पित स्पेस हो । यो ग्रुपको फिचर रहेको १५ वर्ष पछि आएको हो ।

कम्युनिटिजमा जुन सन्दर्भको ग्रुप त्यहीसँग मिल्दोजुल्दो छलफलहरु गर्न सकिन्छ ।

हरेक कम्युनिटिको आफ्नै मोडरेटर हुनेछ जसले ग्रुपका लागि निश्चित नियमहरु राखिदिन्छ । कम्युनिटिमा पहिलै त्यो ग्रुपको सदस्य रहेकाले मात्रै नयाँ सदस्यलाई सहभागिताका लागि बोलाउन सक्दछन् ।

कम्युनिटिज भनेको रेडिटको सब रेडिट फिचर जस्तै हुनेछ । यसलाई फेसबुकको सार्वजनिक ग्रुप जस्तो पनि मान्न सकिन्छ । आउँदो महिनाहरुमा यो फिचर धेरै प्रयोगकर्ताहरुको लागि उपलब्ध हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?