कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ घर भएका कुस्तीका राष्ट्रिय खेलाडी २० वर्षीय सुरेश भट्टको निधन भएको छ ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमको प्रतिनिधित्व गरेका भट्टको बुधबार राति घरमा सुतिरहेकै अवस्थामा मृत्यु भएको हो ।
‘बिहान उठाउँदा नउठेपछि हेर्दा शिथिल अवस्थामा भेटेपछि हतारहतार महाकाली अस्पताल पुर्याएँ’, मृतकका बुवा खड्क भट्टले भने, ‘केही पनि भएको थिएन, अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गर्नुभयो ।’
बुधबार मात्रै सुरेशले सशस्त्र प्रहरी बल बैद्यनाथ बाहिनीमा जवान पदका लागि दरखास्त भरेर घर आएका थिए ।
कञ्चनपुरका कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले कुस्ती खेलले होनहार खेलाडी गुमाएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया