काठमाडौं । सनराइज बैंकका एक जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री खुला गरेका छन् । संस्थापक चिराग गोयलले आफ्नो नाममा रहेको १८ सय ९५ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । यसमा, सनराइजकै संस्थापक सेयरधनीले न्यूतम २१९ रुपैयाँलाई आधार मानेर आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापकले अब ३५ दिनभित्र सनराइजको प्रधान कार्यालय गैह्रिधाराको सेयर रजिष्ट्रार विभागमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया