काठमाडौं । भारतको मध्यप्रदेशको ग्वालियर सहरको बीच बाटोमा एक मोडलले मादक पदार्थ सेवन गरी बीच बाटोमै हङगामा मच्चाएकी छिन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यम आजतकका अनुसार उनी दिल्लीकी एक चर्चित मोडल रहेकी बताएको छ । उनी अचानकबीच सडकमा आएर बाटोमा हिडिरहेका मानिसहरुलाई रोक्दै थिइन् ।

त्यतिकैमा आर्मीको एउटा जिप्सी आइपुग्छ । उनले जीप्सीलाई पनि रोकेर खुट्टाले हान्छिन् । एक तस्बिरमा उनले आर्मीको जिप्सीलाई खुट्टाले हान्दै गरेको देख्न सकिन्छ ।
उनको प्राहारले जिप्सीको हेडलाइट पनि फुटेको छ । उनलाई आर्मीले प्रहरीको जिम्मा लगाएको छ । उनीमाथी प्रहरीले अनुसन्धान गरिरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया