सभामुखको व्यवहार निष्पक्ष हुनुपर्छ : सचिव भट्टराई

लोकपथ
28
Shares

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाको व्यवहार निष्पक्ष हुनुपर्ने बताएका छन् । उनले संसद्को आगामी बैठक सञ्चालन हुनेरनहुने सापकोटाको भूमिकामा निर्भर रहने बताए ।

एमालेको सिफारिसबमोजिम १४ सांसदलाई कारबाहीको सूचना प्रकाशनमा सापकोटाले पूर्वाग्रहपूर्ण व्यवहार गरेकाले विरोध गरिएको एमाले प्रचार विभाग प्रमुखसमेत रहेका भट्टराईको भनाइ छ ।

‘सभामुखले दलको सदस्यभन्दा माथि उठेर निष्पक्ष व्यवहार गर्नुपर्छ । पार्टीले अनुशासन वा ह्वीप उल्लङ्घनमा आफ्ना सदस्यलाई कारबाही गर्न सक्छ, सभामुखले त्यसलाई सूचना प्रकाशन गर्नुपर्छ,’ उनले भने, ‘विगतमा अरु पार्टीले कारबाही सिफारिस गर्दा तत्काल सूचना आएको तर एमालेको पत्रलाई थन्क्याएर सभामुखले हाम्रो पार्टी विभाजनमा सहयोग गर्ने नियत राखेको देखियो । संसद्को ठूलो दललाई गरिएको व्यवहार महङ्गो र चुनौतीपूर्ण हुनसक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?