काठमाडौं । अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्ने भएकी छिन् ।
चारदिने भ्रमणका लागि बिहीबार (आज) दिँउसो काठमाडौं आइपुगेकी फातिमाले आजै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीसँग भेटघाट गर्न लागेकी हुन् ।
फातिमाले अध्यक्ष ओलीसँग भेट्न चाहेको र आजै भेटघाट हुनसक्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले लोकपथलाई जानकारी दिए । ‘अध्यक्षज्यूसँग भेटघाटको कुरा भइरहेको छ । तर मिति भने तय भएको छैन । आजै भेटघाट हुनसक्छ ।’ तामाङले लोकपथसँग भने ।
फातिमाले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालाई समेत भेट्दैछिन् ।
एमसीसी परियोजनाको बारेमा भइरहेको अध्ययनबारे बुझ्न फातिमा नेपाल आएकी हुन् । पछिल्ला केही दिन नेपालमा एससीसीको विरुद्धमा विभिन्न ठाउँहरुमा विरोधका कार्यक्रमहरु भइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया