मातृका आँखा अस्पतालको शौचालयमा भेटिएको शङ्कास्पद वस्तु बम नभएको पुष्टि

लोकपथ
483
Shares

काठमाडौं । काठमाडौंको सेतो पुलस्थित मातृका आँखा अस्पतालको भवनभित्र फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ ।

मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला परेको थियो ।

शौचालयमा बम भेटिएको हल्ला पछि प्रहरीको प्रहरीको विशेष टोली खटिएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेर डिस्पोज गर्दा उक्त बस्तु बम नरहेको पुष्टि भएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी अशोक सिंहले लोकपथलाई जानकारी दिए ।

“मोबाइल फोनमा तारहरु जोडेर टाइमरजस्तो बनाएको रहेछ । नेपाली सेनाको बम डिस्पोजल टोलीको सहयोगमा नक्कली बम डिस्पोज गरिसकेका छौं ।” सिंहले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?