विश्वप्रकाश शर्माद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा

लोकपथ
156
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले आगामी महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

वीपी जयन्तीको अवसरमा सुन्दरीजलमा आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

आफूले महामन्त्री भएर लगातार १५ वर्ष कांग्रेसलाई सरकारको नेतृत्वमा सरकार सञ्चालनको परिकल्पनासहित आउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘महामन्त्री भएर १५ वर्ष लगातार काँग्रेसलाई सरकार नेतृत्वमा सरकार सञ्चालनको परिकल्पना छ।’ उनले भनेका छन् ।
नेता शर्माले केही दिन अघि आफूले उपयुक्त समय हेरेर उम्मेदवारी घोषणा गर्ने बताएका थिए । सोही अनुसार औपचारिक रुपमा आज उम्मेदवारी घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?