तालिबानसँग किन मिल्दैछ चीन ?

लोकपथ
140
Shares

बेइजिङ । नाटो सेना र अमेरिकी सेनाहरु फिर्ता भएसँगै अमेरिकी सेनाका धेरै हतियारहरु तालिबानको हातमा परेका छन् ।

अमेरिकाले विभिन्न उडानहरुमार्फत धेरै मानिसहरुलाई उद्धार गरेर लैजानुपर्ने भएकोले धेरै हतियारहरु अफगानिस्तानामा नै छुटे ।

उक्त हतियारहरु हाल तालिबानको हातमा रहेको समाचारहरु आइरहेका छन् । अफगानिस्तानबाट अमेरिकासहित नाटोलगायतका विदेशी सेना फिर्ता भएसँगै अफगानिस्तानका लागि आउने विदेशी सहायता पनि रोकिएको छ ।

अफगानिस्तानमा विदेशी सहायता रोकिएपछि तालिबान सत्ता आर्थिक संकटमा पर्नसक्ने भएकोले चीनले सहयोग गरिरहेको बताइएको छ। यसैबीच चीनले तालिबानलाई सम्भव भएसम्म सहयोग गरिरहेको छ । चीनले यसरी सहयोग गर्नुको मुल कारण आफ्नो बेल्ट एण्ड रोड पहल विस्तार गर्न र खनिज स्रोतको दोहन गर्नका लागि हो भन्ने स्पष्ट बुझ्न सकिन्छ ।

तालिबानी समूहले अफगानिस्तानमा कब्जा गर्नुभन्दा १८ दिनअघि चिनियाँ अधिकारीहरूसँग भेट गरेका थिए । विश्वका अन्य नेताहरुले उक्त भेटवार्ताको कारणबारे प्रश्न गरे पनि तालिबानी समूहले भने कुनै कारण खुलाएको छैन ।

राजनीतिक विश्लेषकहरुले महाशक्ति राष्ट्र चीन तालिबानसँग नजिक भएर अफगानिस्तानमा आफ्नो प्रभाव विस्तार गर्न चाहेको र सम्भवतः आफ्नो भविष्यको योजनाको लागि अहिले तालिबानलाई सहयोगग गरिरहेको बताएका छन्।

अफगानिस्तानमा लिथियमसहित धेरै प्राकृतिक खनिजहरु छन्, जुन चीनले शोषण गर्न र आफ्नो अर्थव्यवस्थाको लागी प्रयोग गर्ने योजना बनाएको छ । पैरीले जेरेमी भाइन शोको साथामा देखा परेका छन् । यसले पनि अमेरिकी सैन्य उपकरणहरु अफगानिस्तानमा बाँकी रहेका छन् । उनले भने, ‘म विश्वास गर्न सक्दिन कि यति धेर्र सैन्य उपकरणहरु अमेरिकाले अफगानिस्तानमा छोडेर गएको छ ।’

अमेरिकाले हजारौं बिलियन डलरका हतियारहरु अफगानिस्तानमा छोडेको पाइएको छ । उक्त हतियारहरु तालिबानको हातमा परेको हुँदा फेरि यस क्षेत्रमा थप हिंसा हुनसक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?