राउटे तरकारी खेतीतर्फ आकर्षित

डडेल्धुरा, २३ असोज ।पछिल्लो समय राउटे समुदाय तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।सरकारले राउटेका लागि घरबासको व्यवस्था गरी पुनःस्थापना गरेसँगै उनीहरु आफ्ना परम्परालाई छोडी विभिन्न व्यवसायमा लागेका छन् । राउटे समुदाय जंगलको बास, ओढार र खानेकुरामा भ्याकुर, गिठा, तरुल र वन्यजन्तुको शिकार गर्न छोडी खेतीपाती र तरकारी खेतमा लागेका हुन् ।पछिल्लो समय परशुराम नगरपालिकाको आमपानीमा बस्दै आएका राउटे छन् । मनग्य आम्दानी हुन थालेपछि राउटे व्यावसायिक रुपमै तरकारी खेती गर्न थालेका जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि अधिकृत दिलबहादुर विष्टले बताए । उनीहरु घर–घरमा आधुनिक प्लास्टिकका घर निर्माण गरी तरकारी खेती गर्न थालेका छन् ।स्थानीयवासी दिलबहादुर राउटे विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा गोलभेँडा, काँक्रा, फर्सी, काउलीलगायत तरकारी उत्पादन गर्न थालेको बताउछन । उनीहरु तरकारी बिक्री गरेर घर खर्चका साथै रकम बचत समेत गर्न थालेका छन् । आमपानीमा ३५ घरपरिवार राउटेमध्ये करिब २५ परिवार खेतीपातीसँगै तरकारीखेतीमा लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?