इटाली, स्पेन, बेल्जियम र जर्मनीको जित, इङ्ल्यान्ड बराबरीमा रोकियो

काठमाडौं। फिफा विश्वकप २०२२ अन्तर्गत युईएफए क्षेत्रको छनोट खेलमा बलिया टोली स्पेन, इटाली, बेल्जियम तथा जर्मनीले जित दर्ता गरेका छन्।

गए राति खेलिएका समूह चरणका खेलमा स्पेनले कोसोभोलाई २-० गोलले पराजित गरेको छ। त्यस्तै जर्मनीले आइसल्यान्डलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गर्न सफल भएको छ।

Unbeaten Italy challenge Belgium number one for 31 games –  English.MakaluKhabar.com

युरो कप २०२० विजेता इटालीले लिथुवानियालाई ५-० गोलले पराजित गर्दै नयाँ कीर्तिमान रचेको छ। अन्तराष्ट्रिय खेलमा इटाली ३७ खेलमा अपराजित हुन सफल हुँदा सो कीर्तिमान रचेको हो। त्यसैगरी फिफा वरियतामा शीर्ष स्थानमा रहेको बेल्जियमले बेलारुसलाई १-० गोलले पराजित गरेको छ।

उता युरो कप २०२० को उप-विजेता इङ्ल्यान्डले भने पोल्यान्डसँग १-१ गोलको बराबरी खेल खेलेको छ। पोल्यान्डले खेलको अतिरिक्त समयमा बराबरी गोल गर्न सफल भएको थियो।

कोसोभोविरुद्ध स्पेन

समूह: बी
स्थान: फाडिल भोक्री, कोसोभो
गोल: पाब्लो फोरनाल्स (३२ मिनेट), फेरान टोरेस (९० मिनेट)

 

इटालीविरुद्ध लिथुवानिया

समूह: सी
स्थान: मापेई स्टेडियम, इटाली
गोल: मोइस किन (११ र २९ मिनेट), एडगरस उटकुस (आत्मघाती गोल, १४ मिनेट), जियाकोमो रास्पाडोरी (२४ मिनेट), जियोभानी डि लोरेन्जो (५४ मिनेट)

 

बेलारुसविरुद्ध बेल्जियम

समूह: ई
स्थान: काजान, बेलारुस
गोल: डेनिस प्रायेट (३३ मिनेट)

 

आइसल्यान्डविरुद्ध जर्मनी

समूह: जे
स्थान: लौगारडासभोलुर, आइसल्यान्ड
गोल: सर्ज ग्नाब्री (४ मिनेट), एन्टनियो रुडिगर (२४ मिनेट), लेरोय साने (५६ मिनेट), टिमो वर्नर (८९ मिनेट)

 

पोल्यान्डविरुद्ध इङ्ल्यान्ड

समूह: आई
स्थान: नारोडोवी स्टेडियम, पोल्यान्ड
गोल: ह्यारी केन (७२ मिनेट), डामियान स्जीमान्स्की (९०+२ मिनेट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?