एमसीसी उपाध्यक्ष फातिमा आज नेपाल आउँदै, प्रधानमन्त्रीसहित शीर्ष नेताहरुलाई भेट्ने

लोकपथ
195
Shares

काठमाडौं। अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष फतिमा सुमार आज बिहीबार नेपाल आउँदै छिन् ।

उनको चार दिने भ्रमणमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि साथमा रहनेछन् । उनीहरू बिहीबार कतारबाट काठमाडौँ आउन लागेका हुन् ।

नेपालमा एमसीसी गिजोलिएका बेला परियोजनाको पछिल्लो अवस्था बुझ्न उनी नेपाल आउन लागेकी हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ । ‘एमसीसी सैन्य रणनीति अन्तर्गत नभएको र संशोधन पनि गर्न नमिल्ने’ भन्दै एमसीसीले बुधबार मात्र नेपाल सरकारलाई जवाफ फर्काएको थियो ।

एमसीसी परियोजना कार्यान्वयन भएका देशमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी नेपाल आउन लागेकी हुन् । नेपालमा एमसीसी संसदबाट पारित गर्नु पर्ने भनिए पनि गिजोलिएको छ । कारण सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना अझै अगाडि बढ्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?