तीजको दिन नेपाली चेली बंगलादेशसँग भिड्दै

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज (बिहीवार) बंगलादेश राष्ट्रिय महिला टोलीसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हरितालिका तीजको दिन नेपाली महिला टोलीले घरेलु मैदानमा डेब्यू गर्दैछ। अहिलेसम्म दशरथ रंगशालामा कुनै पनि खेल नखेलेको महिला टोली आजको खेलमा जित निकाल्ने दाउमा रहनेछ।

Nepal Thrash Sri Lanka: Reach SAFF Women's Championship Final • We Futbol Fans

चेली भनेर प्रख्यात नेपाली राष्ट्रिय महिला टोली आफ्नो स्टार स्ट्राइकर सावित्रा भण्डारी उर्फ साम्बा बिना नै मैदान प्रवेश गर्नेछ। राष्ट्रिय टोलीकी सर्वाधिक गोलकर्ता साम्बा घुँडाको चोटका कारण टिम बाहिर छिन्।

आज दशरथ रंगशालामा डेब्यू गर्ने अर्का पात्र रहनेछन् नेपालका मुख्य प्रशिक्षक ग्यारी फिलिप्स। आजको खेल प्रशिक्षण गर्ने क्रममा चेलीको टोली सम्हाल्ने ग्यारी पहिलो विदेशी प्रशिक्षक समेत हुनेछन्।

Gary Phillips appointed Nepal's women football team coach - OnlineKhabar English News

एएफसी महिला एसियन कप २०२२ अन्तर्गत छनोट खेल खेल्न गइरहेको नेपालले सोही प्रतियोगिताको लागि यो मैत्रीपूर्ण खेल खेल्न गइरहेको हो। बंगलादेशविरुद्ध नेपालले दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ।

महिला एसियन कपको छनोट खेल खेल्न अर्को साता उज्बेकिस्तान प्रस्थान गर्न लागेको महिला टोलीकोलागि बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल महत्वपूर्ण हुनेछ। महिला एसियन कप छनोट अन्तर्गत नेपालले समूह एफमा दुई बलिया टोली फिलिपिन्स र हङकङको सामना गर्दैछ।

Nepal lose to India in SAFF Women's Championship semifinal - The Himalayan Times - Nepal's No.1 English Daily Newspaper | Nepal News, Latest Politics, Business, World, Sports, Entertainment, Travel, Life Style News

उज्बेकिस्तानको जेएआर स्टेडियममा नेपालले असोज २ (सेप्टेम्बर १८) मा फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दैछ भने हङकङ र नेपालबीचको खेल असोज ५ (सेप्टेम्बर २१) मा खेलिने तालिका रहेको छ।

नेपाली महिला टोलीले सन् २०१९ को १३औं साग पश्चात् पहिलो पटक अन्तराष्ट्रिय खेल खेल्न गइरहेको छ। नेपाल र बंगलादेशबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ। त्यस्तै यी दुईबीचको दोस्रो मैत्रीपूर्ण खेल आईतवार खेलिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?