खुल्यो पाटन दरबार सङ्ग्रहालय

लोकपथ
49
Shares
kf6g b/af/ If]qdf rxnkxn z’? sf7df8f}F, #) h]7 M ns8fpgsf] ;dofjlwdf ;’g;fg b]lvPsf] kf6g b/af/ If]qdf clxn] rxnkxn z’? ePsf] 5 . ;/sf/n] ns8fpgnfO{ s]xL v’s’nf] agfpg] eP;Fu} oxfFsf] hghLjg ;fdfGo aGb} uPsf] 5 . t:jL/ M rGb|snf If]qL÷/f;;

ललितपुर । पाटन दरबार क्षेत्रमा अवस्थित ‘पाटन सङ्ग्रहालय’ आजदेखि खुलेको छ ।

मुलुकमा दोस्रो लहरको कोरोना महामारी बढेसँगै गत वैशाख १६ गतेदेखि सङ्ग्रहालय सर्वसाधारणका साथै आगन्तुकका लागि बन्द गरिएको थियो । बिहान १० देखि साँझ ४ः४५ बजेसम्म सङ्ग्राहालय खुलाइएको निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताए । उनले भने, “आज ७० जनाले सङ्ग्रहालय घुम्नुभयो, जसमा धेरैजसो युवायुवती भित्रिनुभएको थियो ।” महामारीअघि दैनिक बिहान साढे ७ देखि साँझ ६ बजेसम्म सङ्ग्रहालय खुलाइने गरिएको लाखेले जानकारी गराए ।

ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले सोमवार एक सूचना जारी गरी आजदेखि खुलाउन अनुरोध गरेसँगै आफूहरु अघि बढेको लाखेको भनाइ छ । ललितपुरमा सङ्ग्रहालयसहित पाटन दरबार क्षेत्रका साथै अन्य पर्यटकीयस्थलसमेत खुला भएका छन् ।

यसैगरी केही दिनअघिदेखि बङ्गलामुखीका साथै छेउमै रहेको कुम्भेश्वर महादेव मन्दिरसमेत खुला गरिएको कुम्भेश्वर टोल सुधार समितिका अध्यक्ष अरोजकुमार खड्गीले बताए । कुम्भेश्वर मन्दिर भर्खरै जीर्णाेद्धार सम्पन्न भएकाले सो अघि लामो समय बन्द गरिएको खड्गीले जानकारी गराए ।

पाटन दरबार सङ्ग्रहालय क्षेत्रलाई युनेस्कोले विश्व सम्पदा क्षेत्रमा घोषणा गर्नाका साथै विश्व हस्तकला परिषद्ले समेत ३५औँ कला नगरी घोेषणा गरिसकेको छ । सङ्ग्रहालय रहेको पाटनमा मुलुककै लामो मच्छिन्द्रनाथ रथयात्रा, भोटो देखाउने जात्रा, भीमसेन खटजात्रा, कात्तिक नाच, कृष्ण जन्माष्टमी पर्व, कुम्भेश्वरमा मेला आदि मनाइन्छ ।

सङ्ग्रहालयसँगै दरबार स्क्वायर, कृष्ण, तलेजु र भीमसेन आदि मन्दिरसमेत रहेका छन् । सो सङ्ग्रहालय धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक मन्दिरै मन्दिरको रूपमा परिचित नेपाल उपत्यकाको प्राचीन र महत्वपूर्ण तीन सहरमध्ये सबैभन्दा पुरानो सहर पर्दछ । सङ्ग्रहालय रहेको पाटनमा विभिन्न काष्ठकला, मूर्तिकला, प्रस्तरकला, धातुकला र हस्तकलाका विभिन्न सामग्री निर्माण हुने गर्छन् । पाटन सङ्ग्रहालय नेपालको जेठो नगरपालिका ललितपुर महानगरपालिकामा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?