गृहको विज्ञप्तिविरुद्धको रिटमा २७ गते पेसी

लोकपथ
56
Shares

काठमाडौं । गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिविरुद्ध सर्वाेच्चमा परेको रिटमा भदौ २७ गते पेसी तोकिएको छ ।

मन्त्रालयले गत शुक्रबार एमसीसी परियोजनालाई इंगित गर्दै मित्र राष्ट्रहरुको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तीनको सम्पत्तिलाई लक्षित गरी नकारात्मक टिका टिप्पणी गर्नेलाई कडा कारबाही गरिने भन्दै विज्ञप्ति जारी गरेको थियो ।

उक्त विज्ञप्तिले नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रता हनन् भएको भन्दै अधिवक्ता प्रवेश केसीले सर्वाेच्च अदालतमा रिट दायर गरेका हुन् । सोही रिटको पेशी २७ गतेलाई तोकिएको हो।

त्यसैगरी साउन १५ मा दार्चुलाका जयसिंह धामी पारी जानेक्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको लठ्ठा चुडाइदिएपछि उनी कर्णाली नदीमा खसेर बेपत्ता भएका थिए । त्यसबारे सरकारले छानबिन समिति बनाएको थियो । समितिले प्रतिवेदन पनि बुझाएको छ ।

केहि दिन अघि बिभिन्न संघ संगठनले घटनाको विरोध गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका थिए । त्यसमा पनि गृहले छिमेकी मित्रराष्ट्र ‘भारतका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधि गर्नेलाई कारवाहीको चेतावनी दिदै विज्ञप्ति जारी गरेको थियो । गृहको विज्ञप्तिको सर्वत्र विरोध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?