एमसीसीको विषयमा भएको प्रदर्शनमा झडप, केही घाइते

लोकपथ
702
Shares

काठमाडौं । काठमाडौंमा एमसीसीको समर्थन र विरोधमा उत्रिएका दुई समूहबीच तनावको स्थिति उत्पन्न भएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

एमसीसीको विरोधमा उत्रिएको समूह र एमसीसीको समर्थन गर्दै नयाँबानेश्वरमा उत्रिएको नेकपा एमालेको युवा संगठन र युवा संघ नेपालका कार्यकर्ताबीच तनावको स्थिति सिर्जना भएपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।

एमसीसीको विरोधमा प्रदर्शन गरिरहेकाहरु र युवा स‌ंघका कार्यकर्ता आमनेसामने भएपछि तनावको अवस्था सिर्जना भएको बानेश्वर वृत्तका डीएसपी मीनबहादुर लामाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?