नेकपा एसमा जान पाउँ भन्दै एमालेका दुई सांसदद्वारा सर्वोच्चमा रिट

लोकपथ
1.4k
Shares

काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी)मा समावेश हुन पाउँ भन्दै नेकपा एमालेका दुईजना संघीय सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले रिट दायर गरेका हुन्।

दल विभाजनको बेला सुरूमा निवेदनमा हस्ताक्षर नगरेका पाण्डे र भट्ट सनाखतको बेला निर्वाचन आयोग गएका थिए । तर, आयोगले उनीहरूको सनाखत नलिइ निर्णयमा भने उनीहरूको निवेदनलाई नोटिसमा राखेको थियो ।

रिट निवेदनमा पाण्डे र भट्टले आफूहरूले नेकपा एसमा सनाखत गर्न खोज्दा आयोगले नदिएको भन्दै आफूहरूको विवरण नेकपा एसमा अद्यावधिक गराउन आदेश माग गरेको उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?