नाराबाजीकाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेश

लोकपथ
441
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीच सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधि सभामा पेस गरेको छ ।

बुधवार प्रतिनिधिसभाको नवौँ अधिवेशनको तेस्रो बैठकमा एमालेको नाराबाजीका बीच गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ प्रतिनिधि सभासमक्ष पेस गरेका हुन् ।

प्रतिनिधि सभाको अर्को बैठक भदौ २५ गते शुक्रवार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?