काठमाडौं । प्रतिनिधि सभाको आगामी बैठक भदौ २५ गतेसम्मका लागि स्थगित भएको छ ।
दुई दुई पटक १५र१५ मिनेटका लागि स्थगित गरिएको बैठक अन्ततः भदौ २५ गते १ बजेसम्मका लागि स्थगित गरिएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २५ गते शुक्रबारसम्म बैठक स्थगित गरेको जानकारी गराएका हुन् ।
एमालेले १४ सांसदहरुलाई गरेको कारबाही सभामुखले सदर नगरेको भन्दै एमालेका सांसदहरुले संसद अवरुद्ध गरेका थिए । एमाले सांसदरुको अवरोधकैबीच गृहमन्त्री बालकृष्ण खाँडले रोस्टमबाट अध्यादेशबारे संसदलाई जानकारी गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया