मेटमणि चौधरीले भने : केपीका सन्तानले संसदको रोष्टम घेरे

लोकपथ
1.7k
Shares

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले एमाले अध्यक्ष केपी ओलीका सन्तानले प्रतिनिधिसभाको रोष्टम घेरेको आरोप लगाएका छन् ।

बुधबार एमाले सांसदहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेपछि सांसद चौधरीले फेसबुकमार्फत आलोचना गरेमा हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘हेर्दाहेर्दै ! प्रदेशमा मुख्यमन्त्री भएका व्यक्तिहरु सांसद हटाउनको लागि सदनमा नाराबाजी गर्ने र संघमा केपीका सन्तानहरू प्रतिनिधिसभामा अरू दलका सांसद हटाउनका लागि रोस्टम घेरिरहेका छन् । हेर्दाहेर्दै ! बालुवाटार हुँदै बालकोट भएर रोष्टम अगाडि पुगेर जुलुस गर्ने ठाँउमा पो पुग्न भ्याएछन् ! यहि पारा हो भने बा भन्ने छोराछोरीहरू आफ्नै घरका सन्तानहरूका राजीनामा माग्न बेर लाउँदैनन् । अबोध सन्तानहरू कम्तिमा भएको बिबेक त प्रयोग गर्नुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?