यी तीन चर्चित मानिससँग माफि माग्दै चलचित्र ‘जय भोले’को ट्रेरल सार्वजनिक

काठमाडौं, ३० चैत । नेपाली चलचित्र ‘जय भोले’को ट्रेरल सार्वजनिक भएको छ । आउँदो वर्षको दशैँको फूलपातिमा रिलिज हुने चलचित्र ‘जय भोले’को टे«रल सार्वजनिक भएको हो । चलचित्रको ट्रेरलको सुरुवातमै महानायक राजेश हमाल र उनकी पत्नी मधु भट्टराई, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी, बलिउड नायक सैफली अली खान र नायिका करिना कपुरसँग माफि मागिएको छ । यी ३ चर्चित मानिसहरुसँग किन माफी मागे होला भन्ने कुराले आम दर्शक माझ कौतुहलताको विषय बन्न सक्छ । अशोक शर्माले निर्देशन गरेको चलचित्र ‘जय भोले’को ट्रेरलमा चलचित्रका मुख्य कलाकारहरू खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराज पौडेल छन् । ट्रेरलमा कलाकारलाई निकै रमाइलो तरिकाले प्रस्तुत गरिएको छ । यो चलचित्रले दुई केटा साथीको भावानात्मक मित्रता र प्रेमको कथालाई उठान गरेको छ । चलचित्रमा अभिनेता खगेन्द्र लामिछानेको पटकथा, पुरुषोत्तम प्रधानको छायाङ्कन, राजनराज सिवाकोटी र कल्याण सिंहको सङ्गीत रहेको छ भने राज ढुंगानाले सम्पादन गरेका हुन् । साथै वसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ । https://youtu.be/T11xm8Z2ZnY  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?