सभामुखसँग एमालेका सांसदहरुको छलफल

लोकपथ
168
Shares

काठमाडौं । संसद बैठक स्थगित गरेर सभामुख र एमाले संसदीय दलका प्रमुख सचेतकलगायतका नेताहरुबीच छलफल सुरु भएको छ।

एमालेको विरोधपछि १५ मिनेट बैठक स्थगित गरेर सभामुख अग्निप्रसाद सापकोटाले एमालेका प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीसँग छलफल सुरु गरेका हुन् ।

१५ मिनेट अघिबाट सभामुखको कार्यकक्षमा छलफल सचिरहेको संघीय संसद सचिवालयले जनाएको छ ।

एमालेका १४ सांसदहरुलाई गरेको कारबाही सदर नभएको भन्दै बैठकको सुरुमै एमालेका सांसदहरुले बैठक अवरुद्ध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?