संसद बैठकमा नाराबाजी : सभामुखले उल्लेख गरेको धारा र नियमावलीमा के छ ?

लोकपथ
2.1k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्नो दल विभाजनको मतियार बनेको आरोप लगाउँदै सभामुखसँग जवाफ मागेपछि यसले विवाद उत्पन्न गरेको छ। विवादका बीच प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईले उठाएको प्रश्नको जवाफ दिँदै सभामुख अग्निप्रसाद सापकोटाले आफूले नियम अुनसारै काम गरेको र यो विषय अदालमा समेत प्रवेश गरिसकेको भन्दै छलफल गर्न नमिल्ने बताए । त्यस क्रममा उनले संविधानको धारा १०५ र प्रतिनिधिसभा नियमावली २०७५ को २१ पनि उल्लेख गरे ।

संविधानको धारा १०५

संविधानको धारा १०५ मा अदालतमा विचाराधीन कुनै पनि विषयमाथि संसदमा बसह गर्न बन्देज गरेको छ।

प्रतिनिधिसभा नियमावली २१ को खण्ड ख, ग र घ मा सभामुखले पद आचरणको छलपmल नगरेको भन्ने विषयमाथिको छलफल बाहेक सभामुखको आचराणको आलोचना गर्न नहुने, सभामुखको कुनै पनि निर्णयको आलोचना गर्न नहुने र सभामुखमाथि कुनै पनि आपत्तिजनक शब्द बोल्न नहुने उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?