१५ मिनेटका लागि संसद बैठक स्थगित

लोकपथ
119
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि १५ मिनेटका लागि संसद बैठक स्थगित गरिएको छ ।

एमालेले गरेको कारबाही सदर नगरेको भन्दै बैठकको सुरुमै एमालेका सांसदहरुले होहल्ला गरेका थिए । नियमित कार्यसूची अनुसार अघि बढ्न लागेका सभामुख अग्निप्रसाद सापकोटाले एमालेको अवरोधपछि एमाले प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्ने समय दिएका थिए ।

उनले सभामुखको भूमिकाप्रति प्रश्न उठाएपछि सभामुखले त्यसको उत्तर दिन लागेका थिए । तर बिचमै सांसदहरुले रोस्टमा घेरी बैठकमा अवरोध गरेका हुन् । एमालेका सांसदहरुले विधिको शासन कायम गर भन्दै नाराबाजी गरेका थिए । त्यससँगै सभामुख सापकोटाले देशमा कानून र संविधान भएको भन्दै नाराबाजी नगर्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?