काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो दल टुक्र्याउन सभामुख अग्निप्रसाद सापकोटा मतियार भएको आरोप लगाएको छ ।
बुधबार प्रतिनिधिसभाको बैठकमा एमाले प्रमुख सचेतक विशाल भट्टराईले एमालेले कारबाही गरेका १४ सांसदलाई बचाउन सभामुखले भूमिका खेलेको बताए ।
प्रमुख सचेतक भट्टराईले एमाले फुटाउन संविधान कानुन नियम विधि सारा विषय उल्लंघन गरिएको बताए ।
पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसद्लाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो । एमालेले नाराबाजी जारी राखेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया