बैठकको सुरुमै एमालेका सांसदहरुले संसदमा गरे होहल्ला

लोकपथ
77
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरोध गरेको छ ।

बुधबार अपरान्ह संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक सुरु हुने बित्तिकै एमालेका सांसदहरुले उठेर बैठक अवरोध गर्न खोजेको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले संसद नभएको अवस्थामा पारित भएका अध्यादेशहरु पढेर सुनाउँदै थिए । तर एमालेका सांसदहरुले उठेर होहल्ला गरे पछि सभामुखले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्ने समय दिएका छन् ।

उनले सभामुखको भूमिकामाथि प्रश्न उठाएका छन् । आफूहरुले १४ सांसदहरुलाई गरेको कारबाही सदर नगरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?