बागमतीमा मन्त्रिपरिषद् विस्तार, कसलाई के जिम्मेवारी ? (नामावलीसहित)

लोकपथ
117
Shares

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छिन् ।

मुख्यमन्त्री शाक्यले बुधबार ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त गरेकी हुन् । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुले आजै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

जसअनुसार आर्थिक मामिला तथा योजना मन्त्रीमा रचना खड्का, सामाजिक विकास मन्त्रीमा विजय सुवेदी र स्वास्थ्यमन्त्रीमा प्रदिप कटुवाल रहेका छन् ।

त्यसैगरी उद्योग, पर्यटन वन तथा वातावरणमन्त्रीमा शान्तिप्रसाद पौडेल , आन्तरिक मामिला तथा कानुनमन्त्रीमा अजय क्रान्ति शाक्य र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा चन्द्र लामा नियुक्त भएका छन् ।

भौतिक मन्त्रीमा केशवराज पाण्डे नियुक्त भएका छन् । पाण्डे यसअघि आन्तरिक मामिला र भौतिक मन्त्री रहेका थिए ।

आजै ४ राज्यमन्त्रीको समेत नियुक्ती गरिएको छ ।

जसमा जुनेली श्रेष्ठ (सामाजिक विकास), जीवन खड्का (भौतिक), बद्री मैनाली (कृषि) र सरस्वती बाटी (उद्योग) नियुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?