एमसीसीका विषयमा एमालेमा कुनै मतभेद छैन : विष्णु पौडेल

लोकपथ
169
Shares

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले अमेरिकी सहयोग अन्तर्गत मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) का विषयमा पार्टीमा कुनै मतभेद नरहेको बताएका छन्। सरकारले एमसीसीको प्रस्ताव संसदमा पेस गर्नासाथ एमालेले आफ्नो धारणा स्पष्ट पार्ने उनले बताए ।

प्रेस चौतारी नेपाल, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव पौडेलले एमालेले राष्ट्रको हितलाई केन्द्रमा राखेर र जनताको चाहनाअनुसार निर्णय गर्ने बताए।

एमसीसीका विषयमा सत्ता गठबन्धनका सहभागी दल नै एकमत नरहेको उनको भनाइ थियो । एमाले विभाजन नभई सर्पले झैँ काँचुली मात्र फेरेर पार्टीमा नयाँ जीवनको सुरुआत भएको पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?