एमसीसीविरुद्ध माइतीघरमा २२ दलीय गठबन्धनको प्रदर्शन

लोकपथ
546
Shares

काठमाडौं । बुधबार (आज) अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध २२ दलीय गठबन्धनले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

एमसीसी खारेजीको मागसहित २२ दलीय गठबन्धनले काठमाडौंदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा नेकपा मालेका महासचिव सीपी मैनाली, देशभक्त जनगणतान्त्रिक मोर्चाका संयोजक सीपी गजुरेल लगायतका नेताहरुको समेत सहभागिता रहेको थियो ।

उनीहरुले एमसीसी खारेज गर, एमसीसीविरुद्ध आवाज उठाउनेको धर(पकड बन्द गर, एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन लगायतका नाराहरु लगाएका थिए ।

पछिल्लो समय देशका विभिन्न ठाउँहरुमा एमसीसीको विरुद्ध प्रदर्शन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?