दाहखानीमा बिजुली

रत्ननगर(चितवन), २३ असोज ।विकट क्षेत्र दाहखानीमा पहिलोपटक बिजुली बलेको छ । बिजुली बलेसँगै स्थानीयवासी खुशी भएका छन् ।इच्छाकामना गाउँपालिका–७ मा बिजुली पु¥याइएको नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए । सो गाउँमा पहिलो चरणमा ४५ वटा मिटर वितरण गरी उपभोक्तालाई विद्युत् सेवा उपलब्ध गराइएको छ ।सांसद विकास कोषमार्फत पूर्वाधार निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण रत्ननगर वितरण केन्द्रले सो क्षेत्रमा विद्युतीकरण कार्यक्रममार्फत बिजुली पु¥याएको हो । मिटर वितरणदेखि अन्य कार्य विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रमार्फत हुने पौडेलले बताए । उक्त क्षेत्रका बासिन्दा विद्युत् नपुग्दा टुकी र सोलार प्रयोग गर्दै आइरहेका थिए ।विद्युतीकरणका लागि सांसद विकास कोषमार्फत रु १० लाख उपलब्ध गराएको क्षेत्र नं ३ का सांसद कृष्णभक्त पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?