कोरोना महामारीले पर्याप्त लगानीको वातावरण बन्न सकेन : देउवा

लोकपथ
65
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विकासका लक्ष्य तोके पनि लगानी अभावमा काम गर्न नसकिएको बताएका छन् ।

बुधवार लगानी बोर्ड नेपालको १० औँ वार्षिकोत्सव समोरोहमा बोल्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीले पर्याप्त लगानीको वातावरण बन्न नसकेको बताए । विषम परिस्थितिमा लगानी बोर्डले लगानी भित्र्याउन उल्लेख्य काम गरिरहेको पनि बताए ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनामा निजी क्षेत्रलाई समावेश गराउन आवश्यक रहेको बताए । निजी क्षेत्रको लगानीको आवश्यकता राष्ट्रिय गौरवको परियोजना भएकोले अब सार्वजनिक–निजी–साझेदारी (पीपीपी) अवधारणा अन्तर्गत अघि बढाउनुपर्ने बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘राजनीतिक स्थायित्व प्राप्त भएसँगै हामी आर्थिक वृद्धिको यात्रातर्फ बढेका छौँ, नेपालले २०२३/०२४ मा अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्र बन्ने चाहना राखेको र २०३० सम्म आयकर वृद्धि भएको राष्ट्रको रुपमा रुपान्तरित हुने नीति राखेको छ तथा दिगो विकासको नीति लिएको छ, त्यसैले यी लक्ष्यका लागि हामीलाई पर्याप्त लगानी चाहिन्छ, तर अहिले वार्षिक रुपमा नेपालमा ६ अर्ब डलर वित्तिय रिक्तता छ, साथै बोर्डले प्रत्यक्ष वैदेशिक लगानीमा अवरोधलाई चिर्न, सरकारी निकाय र निजी क्षेत्रबीच समन्वय गरेर लगानीमा सहजीकरण गरिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?