काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कारबाहीमा परेका १४ सांसदहरु आजको संसद बैठकमा उपस्थित भएमा सदन चल्न नदिने बताएका छन् ।
आज बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।
बैठकलाई सम्बोधन गर्दै ओलीले भने- ‘नियमावलीअनुसार गैर सांसदको उपस्थितीमा संसद चल्न सक्दैन । हामीले साउन २५ गते नै निष्काशन गरेका व्यक्तिहरु उपस्थित हुन्छन् भने हामी कसरी सहभागी हुन्छौँ ।’ ओलीले भने ।, ‘यदी गैर सांसदको संसदमा उपस्थिती हुन्छ भने कुनै पनि हालतमा सदन प्रारम्भ हुन दिँदैनौँ ।’
आज अपरान्ह ४ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकमा एमालेले सरकारले ल्याएको अध्यादेशको विरुद्धमा अवरोध गर्ने बताएको छ । साथै एमालेले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदहरुलाई कारबाही नगरेको भन्दै सभामुखविरुद्ध समेत लाग्ने एमालेको तयारी रहेको छ ।
यसअघि नै अध्यक्ष ओलीले सभामुखले पार्टी कार्यकर्ताको काम गरेको भन्दै आक्रोश व्यक्त गर्दै अइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया