एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद प्रयोजनका लागि बुक क्लोज गर्दै, कहिलेका लागि तोक्याे मिति ?

लोकपथ
7
Shares

काठमाडैं । हकप्रद सेयर निष्काशन गर्ने प्रयोजनका लागि एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले बुकक्लोज मिति तोकेको छ । बैंकले हकप्रद प्रयोजनका लागि असोज १ गते एक दिन बुकक्लोज गर्ने भएको छ ।

भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्र हकप्रद सेयर भर्न पाउनेछन् ।

बैंकले हाल कायम चुक्ता पुँजी १०ः३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२ पैसाबराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ ।

हाल बैंकको चुक्ता पुँजी ८१ करोड ११ लाख २१ हजार रूपैयाँ रहेको छ । ३० प्रतिशत हकप्रद सेयर निष्काशनपछि बैंकको पुँजी १ अर्ब ५ करोड ४४ लाख पुग्नेछ ।

बैंकले हकप्रद सेयर निष्काशन गर्नका लागि एनआईबीएल एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?