जीवन विकासजस्तै अर्को लघुवित्तको आईपीओ आउँदै

लोकपथ
338
Shares

काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले करिब चार करोड रुपैयाँबराबरको आईपीओ जारी गर्ने भएको छ । यस संस्थाले सर्वसाधारणहरुका लागि ३ लाख ९५ हजार ३३५ दशमलव ९७०४ कित्ता आईपीओ जारी गर्ने भएको हो ।

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ईपीयस ९०.८८ रहेको छ । अर्थात् यसले एक कित्ता सेयरबराबर ९० रुपैयाँ ८८ पैसा कमाउने गरेको छ । यो लघुवित्तको बुक भ्यालु भने २ सय २७ रुपैयाँ २९ पैँसा रहेको छ ।

यति सम्म बुक भ्यालु भएको सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर १ सय रुपैयाँमा सर्वसाधारणका लागि आईपीओको रुपमा जारी हुनेछ । जुन एकदमै राम्रो अवसर हो ।

यस लघुवित्तले अझै पनि आईपीओ जारी गर्ने मिति सार्वजनिक गरेको छैन् । यसअघि महिला लघुवित्त र जीवनविकास लघुवित्त जस्तै यो पनि धेरै माथि सम्म पुग्ने आईपीओ भएकाले भर्न नछुटाउनु होला ।

आईपीओ जारी गर्नका लागि ग्लोबल आईएमई क्यापिटललाई आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा लघुवित्त वित्तीय संस्था र क्यापीटलबीच सेयर निष्कासनसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रबन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्मा र क्यापिटलको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत पराग विष्टले हस्ताक्षर गरेका छन् ।

बाग्लुङको बाग्लुङ बजारमा केन्द्रीय कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘घ’ वर्गको राष्ट्रियस्तरको यस लघुवित्त वित्तीय संस्थाले हालै मात्र म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा मात्र लघुवित्त कारोबार गरिरहेको शालीग्राम लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैकको स्वीकृति लिई एक्विजिसन (प्राप्ति) गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?