इन्डोनेसियाको एक कारागारमा आगलागी, ४१ जनाको मृत्यु

लोकपथ
14
Shares

काठमाडौं । इन्डोनेसियाको राजधानी जकार्ताको बाहिरी इलाकास्थित एक जेलमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ। ७० जना घाइते भएका छन्।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्याङरेङ जेलमा बुधबार बिहान आगलागी भएको हो। जहाँ धेरैजसो सबैकैदी थिए।

४० जनाको क्षमता जेलको ब्लक सीमा आगो लागि भएको हो । जहाँ १२२ जना राखिएको थियो ।

घाइतेहरूलाई तान्जेङको अस्पताल भर्ना गरिएको छ। जेलका प्रवक्ताले यस घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?