‘एमसीसी प्रयोग गरेर गठबन्धन फुटाउन खोजियो’

लोकपथ
51.7k
Shares

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रयोग गरेर वर्तमान सरकार फुटाउन लागिएको आरोप लगाएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्र्दै अध्यक्ष प्रचण्डले आफूले गठबन्धन बचाउँदै एससीसीबारे सुमाधान खोज्न लागेको बताए ।

‘यो गठबन्धन तोड्ने षडयन्त्र पनि भइरहेको छ, देशभित्रबाट पनि देश बाहिर पनि । एमसीसी प्रयोग गरेर यसलाई फुटाउन सकिन्छ कि भनेर एकथरि लागिरहेका छन् ।’, प्रचण्डले भने, ‘हामी चाँही यथास्थितीमा हुन सक्दैन भनिराख्या छौँ । हामी सकेसम्म गठबन्धनलाई बचाएर, यसको पनि समाधान सकारात्मक ढंगले होस्, देशलाई क्षति नहुने ढंगले नहुने चाहेका छौँ ।’

त्यस्तै केही मानिसहरु गठबन्धनबाट माओवादीलाई अलग्याउने प्रयासमा लागेको प्रचण्डको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?