चरक मेमोरियल हस्पिटलको तेस्रो तल्लाबाट हामफालेका गुरुङको मृत्यु

पोखरा, ३० चैत । पोखराको चरक मेमोरियल हस्पिटलको तेस्रो तल्लाबाट हामफालेका युवराज गुरुङको मुत्यु भएको छ ।चरक मेमोरियल हस्पिटलबाट हामफालेर गम्भीर घाइते भएका गुरुङको उपचारको क्रममा गएराति मनिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।लमजुङ घर भई पोखरा ११ फुलबारी बस्ने गुरुङले ओभरडोज औषधि खाएर विरामी भएका उनी ३ दिनअघि चरक मेमोरियल हस्पिटल भर्ना भएका थिए ।गुरुङले विहीबार अपराहृन पौने ५ बजे चरक हस्पिटलको शिसाको झ्याल फोडेर हामफालेका थिए ।गुरुङको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई तत्कालै उद्धार गरेर चरक मेमोरियल हस्पिटलमा प्रारम्भिक उपचार गरेपछि पोखराकै मनिपाल शिक्षण अस्पताल रिफर गरिएपनि उपचारको क्रममा मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी खड्कबहादुर खत्रीले जानकारी दिए ।पोखराको महेन्द्रपुलमा व्यवसाय गर्दै आएका गुरुङ डिप्रेसनमा परेर औषधी सेवन गर्दै आएको र ओभर डोज खाएपछि अस्पतालमा भर्ना भएको प्रहरी श्रोतले बताएको छ ।गुरुङको श्रीमतीसँग राम्रो सम्बन्ध नरहेको र पारिवारिक तनावले उनले आत्महत्याको प्रयास गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।त्यस्तै मृतक गुरुङको पोष्टमार्टम गरेर आफन्तलाई शव बुझाउने तयारी गरिएको डिएसपी खत्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?