बलिउड अभिनेता अक्षय कुमारलाई मातृशोक

लोकपथ
2.3k
Shares

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारकी आमा अरुणा भाटियाको निधन भएको छ ।

उनी पछिल्लो केही महिनादेखी बिरामी थिइन् । अक्षय कुमारले आफ्नो सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै आमाको निधन भएको जानकारी दिएका हुन् ।

अक्षयकी आमाको स्वास्थ्यमा अचानक धेरै समस्या देखिएपछि उनलाई हिजो मंगलबार मुम्बईको हीरानन्दानी अस्पतालमा भर्ना गरिएको थियो ।

अक्षय कुमार अपनी मां के साथ

फिल्म सिन्डरेलाको सुटिङमा बेलायतमा रहेका अक्षयकुमार भारत आइपुगेका थिए ।

उनी फिल्मको सुटिङका लागि केही समय अगिमात्रै बेलायत गएका थिए । आमालाई अस्पताल भर्ना गरेको खबरपछि उनी तत्काल भारत आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?